Erani Mahal
निस्दीमा काेराेना विरुद्धको खोप लगाउने क्रम जारी
nn
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा हालसम्म ४०९ जनाले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । फागुन २३ गते देखि दोस्रो चरणको खोप सन्चालनमा खोप कार्यक्रमको छैटौं दिन गल्धा स्वास्थ्य चौकीमा महिला २९ जना र पुरुष ३१ जना गरी ६० जनालाई खोप लगाइएको स्वास्थ्य संयोजक रेम बहादुर दिशाले बताउनुभयो । खोपको पहिलो दिन वडा नम्बर-१,बाकामलाङ्गमा ७० जना,२४ गते वडा नम्बर-२,सहलकोटमा ८० जना र वडा नम्बर-३,झिरुबासमा ६० जनाले खोप लगाएका थिए । यसैगरी वडा नम्बर-६,अर्चलेमा ८० जना र वडा नम्बर-७,ज्यामिरेमा ५९ जनाले खोप लगाएको र भोलि अन्तिम दिन वडा नम्बर-४,मित्यालमा खोप सन्चालन हुने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update