Erani Mahal
पाल्पामा थप ८ जनामा काेराेना संक्रमण
Corona_
पाल्पा – पाल्पामा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिकाका ४, रामपुरका २, पूर्वखोलाका र बगनासकाली गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार गत फागुन १८ गतेदेखि २८ गतेको बीचमा ८ जनामा कोरोना संक्रमण देखिएको हो । ५३६ जनाको कोरोना परीक्षण गरिएकोमा ८ जनालाई मात्र संक्रमण देखिएको हो । योसँगै पाल्पाका कोरोना संक्रमित हुनेको संख्या १ हजार ९५३ जना पुगेको छ । जसमध्ये १० जनाबाहेक सबै कोरोना संक्रमणमुक्त भईसकेका छन् । कोरोना संक्रमित ३५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update