Erani Mahal
रामपुरमा संचालित महिला म्याराथन प्रतियोगिताको उपाधि रमा श्रेष्ठलाइ
rampur mara (1)
पाल्पा- महिला दिवसको अबसरमा पाल्पाको रामपुरमा आयोजितम महिला म्याराथन प्रतियोगिताको उपाधि रामपुर ४ की रमा श्रेष्ठले जित्नुभएकाे छ । उहाँले २८ मिनेटमा ३ किलोमिटर दुरी पार गर्नुभयाे । रामपुर नगरपालिकाले १११ औं महिला दिवसको अबसरमा आयोजना गरेको म्याराथन प्रतियोगितामा द्धितिय रामपुर ३ मा निशा खनाल, तृतीय पुरस्कार रामपुर १० की रितु कुमालले जित्नुभएकाे छ । उहाँहरुले क्रमशः नगद १० हजार ५ हजार र २ हजार ५ सय रुपँया सहित मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ७ जनाले सान्त्वना पुरस्कार नगद १÷१ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । २ सय ३७ जना महिला सहभागी म्याराथन प्रतियोगितामा सरस्वती राना, अनिता श्रेष्ठ, मनु परियार, अमृता थापा,सावित्रा सारु, शुसिला खत्री र विनिता रानाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले महिलाहरुको प्रतिस्पर्धाले नयाँ उत्साह र थप हौसला बढेको बताउनुभयो । नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले महिलाहरुको उत्साह देखेर खुशी लागेको बताउदै हरेक क्षेत्रमा उत्तिकै सहभागिता र उत्कृष्ट कार्य गर्नुपर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले रामपुरमा फरक, नयाँ र आफैमा प्रतिस्पर्धाले केही गर्नुपर्छ भन्ने भानको बिकास म्याराथन प्रतियोगिताले गरेको बताउनुभयो । रामपुर नगरपालिका कार्यालयबाट शुरु भएको म्याराथन बजार चोक–रामपुर अस्पताल–बिजयपुर कालीआँप–डुम्रीगाँउ– किसानबारी हुदै पुनः नगरपालिका कार्यालय प्राङ्गणमा आइ सकिएको थियो । रामपुर नगरपालिका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले गर्नुभएको होे ।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update