पाल्पा- तानसेनमा १ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाइएको छ । अखिल नेपाल महिला संघको आयोजनामा तानसेनको पुष्पलाल स्मृति पुस्तकालयमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य लिला सोमैले महिलाहरुको अधिकार नयाँ संविधानसँगै केही प्राप्त भएपनि अझैं व्यवहारमा लागु हुन नसकेको बताउनुभयो । यस्तै केन्द्रीय सदस्य राजेन्द्र लक्ष्मी गैरेले महिला माथि हुने अन्याय अत्याचार रोक्न आफूबाट नै सुरुवात गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता शान्ति बस्याले महिलाको हक अधिकार र संविधानको व्यवस्थाको विषयमा प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा नेकपा पाल्पाका सचिव राजेन्द्र विश्वकर्मा, लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम राजेन्द्र लक्ष्मी गैरेको अध्यक्षता र प्रतिक्षा सिंजालीको संचालनमा भएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागिले महिलाको अधिकार, महिलाको सवाल, संविधानले दिइएको अधिकार, व्यवहारिक समस्या, महिला हिंसा, पुरुष हिंसा लगायतका विषयमा आफ्ना धारणाहरु राखेका थिए ।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७ १९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय