Erani Mahal
मुटुक्दी घाटमा झोलुङ्गे पुल शिलान्यास
mb
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाको मुटुक्दी घाटमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । अर्चले र रनगुवा जोड्ने उक्त घाटमा निस्दी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारीले एक कार्यक्रम बिच शिलान्यास गर्नुभएको छ । निस्दी गाउँपालिकाको आर्थिक सहयोग र इन्द्रेणी समाज केन्द्रको प्राविधिक सहयोगमा ३४ लाख ४ हजार रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको हो । जम्मा ६८ मिटर लामो रहने पुल निर्माणकार्य सम्पन्न भए पछि रनगुवाका विद्यार्थीहरुलाई वडामा रहेको एक मात्र माध्यमिक विद्यालय आउन र अर्चले,रनगुवा,भीरपानी लगायतका स्थानीयहरुलाई वडा कार्यालय,स्वास्थ्य चौकी सम्म आउन सहज हुनेछन् । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष भागीराम सिंजालीको अध्यक्षतामा चलेको कार्यक्रमको सन्चालन सचिव लाल बहादुर बयम्बुले गर्नुभएको हो ।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update