Erani Mahal
पाल्पामा दाेस्राे चरणकाे काेराेना बिरूद्धकाे खाेप लगाइदैँ
khop
पाल्पा – पाल्पामा दोस्रो चरणको कोरोना बिरुद्धको खोप लगाउने अभियान आइतबारदेखि सुरू भएकाे छ । जिल्लाका ७१ वटा खाेप केन्द्रहरूबाट दाेस्राे चरणमा काेराेना बिरूद्धकाे खाेप लगाउने कार्य सुरू भएकाे हाे । याे अभियानबाट १६ हजार ४४५ जनालाई खोप लगाउने लक्ष्य राखिएकाे छ । ६५ वर्ष माथि उमेर समूहका १६ हजार बढी नागरिकलाई खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । खोप केन्द्रहरूमा २१६ जना खोप दिने स्वास्थ्यकर्मी र २३६ जना स्वास्थ्य स्वयम्सेवक खटिएका स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्याैपानेले जानकारी दिनुभयाे । पहिलो चरणमा पाल्पाका पाँच हजार ३६२ जनालाई खोप लगाइएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पहिलो चरणमा पाँच हजार ८०० जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ९३ प्रतिशत प्रगति हासिल भएको बताउनुभयो । उहाँले लुम्विनी प्रदेशमै सबैभन्दा बढी पाल्पामा लक्ष्यभन्दा बढी खोप लगाएको उल्लेख गर्नुभयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कैदीबन्दी, शब व्यवस्थापनमा खटिएका कर्मचारी, सरसफाईकर्मी, बैँकका कर्मचारी, जेष्ठ नागरिक, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update