Erani Mahal
निस्दीमा मेलमिलाप तालिम सञ्चालन
157844662_453143279369557_1739041152163016546_n
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा एक हप्ते मेलमिलाप तालिम सन्चालन भएको छ । वडा नम्बर-३, झिरुबासका वडाध्यक्ष लक्ष्मी पाटाको अध्यक्षतामा चलेको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक रिता कुमारी अर्याल रहनुभएको थियो । तालिमको उद्देश्य बारे प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले जानकारी गराउनु भएको थियो भने तालिमको सहजीकरण कानुन अन्वेषण तथा श्रोत विकास केन्द्रका सिताराम अधिकारी र हेमा न्यौपानेले गर्नुभएको हो । गाउँपालिका ७ वटै वडाका वडाध्यक्ष र प्रत्येक वडाका ३/३ जना गरि २९ जनाको सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले जनाउनु भएको छ । निस्दीको ढुंगानाबेसीमा सन्चालन भएको तालिम फागुन २२ गते देखि २९ गते सम्म हुने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update