Erani Mahal
पाल्पाली समाज पोखराकाे साधारणसभा सम्पन्न, अध्यक्षमा थापा चयन
resham thapa new committee
पाेखरा - गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पोखरा बनाउनुमा जिल्ला बाहिरबाट आएका मानिसहरुको योगदानले सम्भव भएको बताउनुभएकाे छ । पाल्पाली समाज पोखराको शनिबार १८ औं साधारणसभा तथा १० अधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मन्त्री चुमानले सो कुरा बताउनुभएकाे हाे । उहाँले पाल्पाली समाजले गरेका गतिविधिको अन्यले पनि सिको गर्नुपर्ने सुझाव दिँदै विगतमा पाल्पामा घुमेको स्मरण गर्नुभयाे । पूर्व मन्त्री एवं वरिष्ठ उद्योगपति एवं समाजसेवी हरि पाण्डेले पाल्पा जन्मस्थल भएको नाताले आफूले छात्रवृत्ति कार्यक्रम ल्याएको जानकारी दिँदै मातृभूमिको लागि केही न केही गर्नुपर्ने सुझाव दिनुभयाे । [caption id="attachment_17223" align="alignnone" width="739"] नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले हिजोको वैभवशाली पाल्पा पछिल्लो समय एक्लिदै गएको बताउँदै पाल्पाको विकासका लागि समाजको महत्वपूर्ण भूमिका हुने बताउनुभयाे । सो अवसरमा समाजको हितमा आ–आफ्नो क्षेत्रमा रहेर योगदान पु¥याएकोमा ७ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा समाजमा सल्लाहकार जनपुकार मुनंकमी, महेश रानाभाट, चन्द्रप्रसाद काफ्ले, श्याम कुँवर, खेम सारु, निवर्तमान अध्यक्ष बावुराम खनाल र पे्रस सल्लाहकार विजय नेपाल रहनुभएकाे छ । सो अवसरमा समाजबाट प्रकाशित पाल्पाली स्मारिका ‘पाल्पाली चौतारो–२०७७’ मन्त्री चुमानले विमोचन गर्नुभयाे । स्मारिका सम्पादक विजय नेपालले स्मारिकामा ४४ जनाको लेखरचनासहित समाजको गतिविधि समेटिएको भन्दै प्रकाशनबारे जानकारी दिनुभयाे । श्याम कुँवर संयोजक रहेको स्मारिका प्रकाशन उपसमितिमा विजय नेपाल तथा सदस्य खेम सारु, भरत कोइराला, केशव नेपाल र अनिता घिमिरे रहनुभएकाे छ । समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको समारोहमा सम्मानित व्यक्तित्वतर्फबाट जनपुकार मुनंकमी, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार डा. यज्ञमान शाक्य, पूर्व अध्यक्ष जगदीश गौतम, ताराप्रसाद पोखरेल, समाजका संस्थापक सचिव लोकनाथ काफ्ले, सहकारीका कानुनी सल्लाहकार विष्णुप्रसाद लम्सालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले आफ्नो ३ वर्ष कार्यकालमा करिब ६५ कार्यक्रम गरेको जनाउँदै सहयोगीलाई मायाको चिनो प्रदान गर्नुभयाे । स्वागत प्रथम उपाध्यक्ष रेशम थापा रचक र संचालन महासचिव श्रीधर पराजुलीले गर्नुभएकाे थियाे । बन्दसत्रमा महासचिव पराजुली र कोषाध्यक्ष सञ्जय आत्रेयले प्रतिवेदन पेस गर्नुभएकाे थियाे । पाल्पाली समाज पोखरामा रेशम पाेखरा - पाल्पाली समाज पोखरा अध्यक्षमा रेशम थापा रचक सर्वसम्मत अध्यक्ष चयन हुनुभएकाे छ । समाजको शनिबार १८ औं साधारणसभा तथा १० औं अधिवेशनले उहाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । समाजको निवर्तमान अध्यक्षमा कुलप्रसाद घिमिरे, प्रथम उपाध्यक्ष बालचन्द्र परियार, द्वितीय उपाध्यक्ष श्रीधर पराजुली, तृतीय उपाध्यक्ष अनन्त अधिकारी, महासचिव केशव नेपाल, सचिव सञ्जय आत्रेय, सहसचिव युमाया पचभैया, कोषाध्यक्ष उमा सापकोटा, सहकोषाध्यक्ष गिरिराज पोख्रेल रहनुभएकाे छ । यस्तै, सदस्यमा रेनुका बज्राचार्य, गीतादेवी शर्मा, दामोदर बस्याल, पिताम्बर तिमिल्सिना, पदमप्रसाद पोख्रेल, वर्षा श्रेष्ठ, धनबहादुर झेंडी, सुमन आचार्य, रमेशकुमार पौडेल, सुशीला थापा कुँवर र किरण पाण्डे रहनुभएकाे छ । समितिको कार्यकाल २ वर्षको हुनेछ । समाजका सल्लाहकार नारायणप्रसाद पौडेलको संयोजकत्वको निर्वाचन समिति सदस्यमा ताराप्रसाद पोखरेल र माधवी पाण्डेय रहनुभएकाे थियाे ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update