Erani Mahal
रोटरी क्लबअफ पाल्पा लुम्बिनीको आयोजनमा निःशुल्क स्वास्थ्य शिविर
News Health camp 1
पाल्पा- रोटरी क्लब अफ पाल्पा लुम्बिनीले आफ्नो वार्षिक कार्ययोजना अन्र्तगत बालकन्या भगवती आधारभुत विद्यालय तानसेन १० तेल्घामा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क आँखा तथा दाँतको स्वास्थ्य सिविर सम्पन्न गरेको छ । स्वास्थ्य सिविर कार्यक्रममा रोटरी क्लब अफ पाल्पा लुम्बिनीका रोटा वर्ष २०२०/२१ का प्रिसीडेन्ड रो. निर्दोष खनालले यस विद्यालयको शैक्षिक स्तरोनतीका लागि विद्यार्थीहरुको स्वास्थ्य नितात्त आवश्यक रहेको र आफ्नो स्वास्थ्य कस्तो रहेको भनि थाहा पाउनका लागि साथै आँखा तथा दाँतमा जटिल समस्या नआउनका लागि सिविर संन्चालनको आयोजना गरेको जानकारी दिनु भयो । कार्यक्रममा क्लबका सर्भिस प्रोजेक्ट बिभागका डाइरेक्टर रो. ममता कोइरालाले स्वास्थ्य सिबिरका विषय वस्तुमा प्रकाश पार्नुका साथै स्वास्थ्य किट अन्र्तगत त्ययतज द्यचगकक, त्ययतज एबकतभ ७ क्यबउ संम्पुर्ण विद्यार्थीहरुलाई वितरण गरेको जानकारी गराउनुभयो । लुम्बिनी मेडिकल कलेज तथा टिचिङ हस्पिटल लि.का आँखा तथा दन्त रोग चिकित्शक तथा प्राविधिक टोलिले विद्यालयका १ सय ३० जना विद्यार्थीहरुको आँखा तथा दाँतको परिक्षण गरेको थियो भने १२ जना विद्यार्थीलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तथा टिचिङ हस्पिटल लि . प्रभास पाल्पामा रेफर गरिएको लु.म.क.का भाइस प्रिन्शपल डा. रुबन राज जोसीले जानकारी दिनुभयो । समाजप्रति उत्तरदायी भइ रोटरी क्लबले विविध कार्यक्रम गरि विद्यालय तथा समाजमा शैक्षिक सुधार, स्वास्थ्य तथा स्तरोनतीमा महत्वपुर्ण आवश्यकता रहने प्रधानध्यापक पुष्कर नाथ रेग्मी तथा सिंगो विद्यालय परिवारले प्रशंशा गर्दै रोटरी क्लब अफ पाल्पा लुम्बिनीले गरेका यस्ता शैक्षिक,स्वास्थ्य सुधारका कार्यक्रमबाट प्रत्यक्षरुपमा विद्यार्थीहरुको शैक्षिक स्तरोनतीमा महत्वपूर्ण भुमिका खेल्ने कुरामा जोड दिनु भयो । कार्यक्रमा क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।क्लबका अध्यक्ष रो. निर्दोष खनालको अध्यक्षतामा भएको कार्यक्रम संन्चालन क्लबक एडमिन डाइरेक्टर रो. रमेश न्यौपानेले गर्नुभएको थियो । विद्यालयमा भएको कार्यक्रमका विषयमा विद्यालयका प्रधानध्यापक श्री पुस्करनाथ रेग्मीले सहयोगप्रति धन्यवाद ब्यक्त गर्नुभयो । क्लबका पव्लिक इमेजका सदस्य रो.भक्तिराम न्यौपानेले रानीमहललाइ जानकारी गराउनुभयो ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update