Erani Mahal
पाैड्यालकाे कविता सङ्ग्रह 'ज्याेतिश्री' विमाेचन
157299660_3464803030292808_7106080690585762505_n
पाल्पा - धवल पुस्तकालय पाल्पाको अध्यक्ष युवराज पाैड्यालद्वारा लिखित 'ज्याेतिश्री' कवितासङ्ग्रहकाे विमाेचन गरिएकाे छ । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार चाेलेश्वर शर्माले उक्त कवितासङ्ग्रहकाे विमाेचन गर्नुभएकाे हाे । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्ने काम साहित्यकार तथा समालाेचक डा शंकरप्रसाद गैरेले पाड्यालकाे कवित्व प्रष्फुटन, कविताहरूकाे संरचागत आयाम उत्कृष्ट रहेकेा बताउनुभयाे । प्रमुख अतिथि चाेलेश्वर शर्माले कविले चयन गरेको उपनामकाे सन्दर्भ उठानका साथ त्यसको ध्वन्यार्थलाई सङ्केत गरी कवि पाैड्यालकाे साधनाकाे निरन्तरताको कामना व्यक्त गर्नुभयो । उहाँले कवि कलाकारहरू सधैं सरकारका प्रतिपक्षी हुने गरेको दृष्टान्त प्रस्तुत गरी कवि पाैड्यालका कवितामा पनि सुधारात्मक चेत रहेको कुरा उल्लेख गर्नुभयो । विशिष्ट अतिथि त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंकप्रसाद भट्टराईले धवल पुस्तकालयका अध्यक्ष मात्र नभई अब साहित्यकार व्यक्तित्वका रूपमा मुखरित हुनुभएका पाैड्याल नेपाली साहित्यमा कृतिकारका रूपमा अमर रहने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा कृतिकारकी धर्मपत्नी उमा पाैड्यालले कविताका माध्यमबाट कृतिकारलाई शुभकामना व्यक्त गर्नुभयो । कृतिकारका सहाेदर भाइ ध्रुव पाैड्यालले दाजुको यस किसिमको सिर्जनाकर्मले परिवारलाई नै गाैरवान्वित तुल्याएको विचार व्यक्त गर्नुभएकाे थियाे । वरिष्ठ पत्रकार मेघराज शर्मा, नारी उन्नयन तथा विकास प्रतिष्ठानकी अध्यक्ष लक्षिमा ज्ञवालीले कृति प्रकाशनकाे सुखद अवसरमा युवराज पाैड्याललाई बधाईका साथै शुभकामना दिनुभयाे । कृतिकार तथा कार्यक्रमका अध्यक्ष युवराज पाैड्यालले आफ्नाे उपनामकाे प्रसङ्ग उठाई कृति प्रकाशनकाे अभिभारा लिने धवल पुस्तकालय, सहयोगी तथा शुभचिन्तकहरूलाई धन्यवाद दिनुभयो । कार्यक्रम धवल पुस्तकालयका सदस्य त्रिलाेचन पाैड्यालकाे स्वागत तथा महासचिव राजेशकुमार अर्यालको सञ्चालनमा चलेको थियाे ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update