Erani Mahal
सौभाग्य मावि चिदीपानीकाे ६९ औं  वार्षिक उत्सव कार्यक्रम
ममममम
बिकाश काफ्ले पाल्पा - पाल्पा जिल्ला माथागढी १ चिदीपानीमा रहेको सौभाग्य माध्यमिक विद्यालयले ६९ औं वार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रमको माथागढी गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भट्टराई २००८ सालमा स्थापना भएको यस विद्यालयलाई नमुना विद्यालय तथा विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धिकाे लागि शुभकामना दिनुभयाे । उहाँले शिक्षाको क्षेत्रमा प्राबिधक तथा गुणस्तरीय शिक्षा प्रदानका गाउँपालिकाले सहयाेग गर्ने बताउनुभयाे । बिशिस्ट अतिथि शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख रमेशराज पौडेलले माथागढीमा रहेका सम्पुर्ण बिधालयको गुणस्तर बृद्धिका लागि तथा प्रबिधिक शिक्षा प्रर्दान गरेकाेमा बिद्यार्थीले लाभ लिन आग्रह गर्नु भयो । बिद्यालयका पुर्व प्रधानाध्यापक तथा पुर्व होमनाथ शर्मा गुणस्तरीय तथा प्राबिधक शिक्षा प्रदान गर्नु आजकाे अनिवार्य आवश्कयता भएकाे बताउनुभयाे । बिद्यालय प्रधानाध्यापक कृष्णप्रसाद खनालले १ करोड ९९ लाख ९० हजार २ सय ११ बराबरको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । पुर्व बिद्यार्थी तथा नेपाली कांग्रेस जिल्ला सदस्य रामेश्वर पन्थी आफुले पहलको रुपमा अगाडि बढने प्रतिबद्धता जाहेर गनुभयो । माथागढी गाउँपालीका सदस्य बिद्या थापा १ नम्बर वाड सदस्य हिरा बहादुर रेग्मी पुर्व प्रअ दोलक नाथ गैह्रे पुर्व प्रअ गोबिन्द प्रसाद न्यौपाने जाउपोखरा आधारभूत बिद्यालयका शिक्षक बल ब. सारू बिद्यालय व्यवस्थापन समितिका सदस्य लोक बहादुर थापा सिता गिरी चेत बहादुर केसी शिक्षक अभिभावक संघका अध्यक्ष अम्बिका काफ्ले पुर्व बिद्यार्थी माधवप्रसाद ढकालले विद्यालयको शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । विद्यालयकाे वार्षिकाेत्सवकाे अवसरमा उत्कृष्ट शिक्षकहरूको रुपमा केशब लम्साल गणेश आचार्य श्रीधर नेपाललाई सम्मान गरेको छ । बिद्यालयमा सबैभन्दा बढी हाजिर हुने शिक्षकहरू रमेश पौडेल र जगत रानालाई समेत सम्मान गरेको छ । पुरस्कार बितरण अक्षयकोष दाताहरूका रकम अक्षयकोषदाताहरूको हातबाट पुरस्कार प्रदान बार्षिक उत्सबको अवसरमा आयोजित अतिरिक्त क्रयाकलाप सर्व उत्कृष्ट हुने बिद्यार्थी पुरस्कार बितरण गरेको थियो । रनिङ सिल कर्णाली सदनले जित्न सफल भयको छ । कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत देखाइएकाे थियाे । विद्यार्थी गौरव काफ्ले र बालकृष्ण गाहाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक श्रीधर नेपालले गर्नु भएको थियाे । वार्षिक उत्सव तथा अभिभावक दिवश कार्यक्रम विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य शिव प्रसाद शर्मा घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update