Erani Mahal
बगनासकाली खानेपानी योजनाको प्रदेश मन्त्रीद्वारा अनुगमन
1614862708Bagnas
पाल्पा- कालीगण्डकी बगनासकाली बृहत खानेपानी योजनाको अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको उक्त खानेपानीको प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले अनुगमन गर्नुभएकाे हाे । अनुगमनका क्रममा मन्त्री चौधरीले परियोजनाको प्रगति सन्तोषजनक रहेको बताएका छन् । उहाँले योजना सम्पन्न गरी दिगोपना दिनका लागि प्रदेश सरकारले बजेटमा कुनै पनि कन्जुसाई नगर्ने बताउनुभयाे । प्रदेशकै सबै भन्दा ठूलो खानेपानी योजना भएको र यस योजनालाई प्रदेश सरकारको नमुना योजनाको रुपमा हेरेको पनि मन्त्री चौधरी जानकारी गराउनुभयाे । झण्डै १५ करोडको लागतमा उक्त योजनाको काम अगाडि बढेको छ । ३ वटा स्टेजमा बिद्युतीय पम्पको माध्यमबाट लिफ्टिङ गरिने यस योजनमा २७ कि.मी मुख्य पाइप लाइन, २२ कि.मी वितरण पाइप लाईन रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सूचना अधिकारी विधान अर्यालले बताउनुभयाे । यम्घाको दर्पुकबाट बगनासकाली गाउँपालिकको वडा न. १, २, ३, ५, ६, ९ वडाका १ हजार ३ सय २६ घर परिवारका करिव ६ हजार जनता यो योजनाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको प्रत्यक्ष निगरानी तथा प्राविधिक रेखदेखमा योजना सम्पन्न गरिने डिभिजन प्रमुख शिव कुमार श्रेष्ठले बताउनुभयाे । २०७६ साल असारदेखि सुरु भएको योजना ०७९ सालको असार मसान्तमा सम्पन्न गरिने यस योजनामा २ लाख लिटर क्षमतको १ वटा, १ लाख लिटर क्षमताको २ वटा, ५० हजार लिटर क्षमताको ३ वटा,३५ लाख लिटर क्षमताको १ वटा , २५ हजार लिटर क्षमताको ३ वटा, १५ हजार लिटर क्षमताको ४ वटा, १० हजार लिटर क्षमताको ३ वटा, टङ्की सहित ४ वटा पम्पघर १ वटा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रमुख श्रेष्ठले बताउनुभयाे ।
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update