Erani Mahal
नेपाल रेडक्रस साेसाईटी रामपुर उपशाखाको अभिमुखिकरण
re d (2)
पाल्पा- नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाकाे आयाेजनामा अभिमुखिकरण रामपुरमा सम्पन्न भएकाे छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पाका सभापति बुद्धि प्रसाद शर्माले रेडक्रस सेवाकाे भावनाले लाग्ने सस्था भएकोले सबैले आफ्नो सस्था हो भन्ने गरि सहयाेग गर्न अपरिहार्य रहेको बताउनुभयो । रामपुर नगरमा शाखा र यसको स्थायित्वको लागि स्थानीय सरकार संग समन्वय गर्दै अघि बढ्नुपर्नेमा शर्माले जोड दिनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले रामपुरमा सामाजिक कामको बिकासमा रेडक्रसलाई लैजान र यसको लागि स्थानिय तह समन्वयको लागि तयारी रहेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला पुर्व उपसभापति देवराज ढकाल, सोसाइटी रामपुर उपशाखाका पुर्व अध्यक्ष तथा रामपुर ७ का अध्यक्ष तिर्थ प्रसाद पङ्गेनि, वडा नम्बर १०का अध्यक्ष लिला बहादुर गाहा, ६ का अध्यक्ष हुमनाथ न्याैपाने, ३ का वडाध्यक्ष दिनेश कुमार खनाल, समाजसेवी राजुप्रसाद श्रेष्ठ र नेत्रप्रसाद भट्टराईले अति महत्वपुर्ण सस्थाका गतिविधि अब नगरमा तिब्र हुनुपर्ने बताउनुभयो । उपसाखाका आजिवन सदस्य विष्णुमाया ढकालले आगाेलागि, बाढिपहिराे लगायत आपत विपदका बेला सहयाेगी बन्ने सस्थाकाे गरिमा उच्च रहेको बताउनुभयो । सोसाइटीका बरिष्ट कार्यकारी अधिकृत बाबुराम कार्किले रेडक्रसकाे बर्तमान अबस्थाका बारेमा जानकारी गराउनुभएको थियो । जिल्ला मन्त्री केशवराज पाैडेलले रामपुरमा व्यबस्थित सेवाका लागि भवन बनाउन र ब्लडबैक स्थापना गर्न जिल्लाले सक्दाे सहयाेग गर्ने बताउनुभयाे । रेडक्रसका बरिस्ठ कार्यकारी अधिकृत बाबुराम कार्की र कार्यक्रम अधिकृत विनाेद भारतीले रेडक्रसको स्थापना, विकास, जिल्लामा गरेका गतिबिधी र यसको टट्कारो आवश्यकता बिषयमा सहजीकरण गर्नुभएको थियो । रेडक्रस सोसाइटी रामपुर उपशाखाका सभापति मनाेरथ भट्टराईकाे अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा सहभागीलाई स्वागत उपशाखा कार्यसमिति सदस्य कमलराज भट्टराई र उपशाखा सदस्य रामबहादुर हिस्किले धन्यवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमकाे सन्चालन काेषाध्यक्ष दुर्गा प्रसाद भट्टराईले गर्नुभएकाे हो । नमस्ते हाेटलकाे सभाहलमा भएकाे कार्यक्रममा रेडक्रसकाे स्वर्णजयन्तिकाे अवसरमा सहुलियत दिएको छ । कार्तिक १ यता सस्थाको एम्बुलेन्सबाट सुत्केरी हुनका लागि सेवा लिएका ८ जनालाई एकतर्फी भाडा छुट दिइएको रेडक्रसका कार्यक्रम अधिकृत बिनोद भारतीले जानकारी दिनुभयो । उनीहरुलाई एकतर्फी भाडा रकम ४ हजार ५ सयका दरले रामपुर- तानसेन सम्मकाे भाडा छुट दिइएको जो । एकजनालाई घरदेखि रामपुर अस्पताल सम्मको भाडा छुट दिइएको छ । सोही अभिमुखीकरणका अबसरमा १५ जनाले रेडक्रसको आजिबन सदस्यता लिएका छन् । रामपुरमा ६२ जना सदस्य रहेका थिए । सोही अबसरमा बोल्ने बक्ताहरुले रामपुर अस्पतालमा साना खालको अप्रेसन सेवा शुरु भएकोले ब्लड बैंककाे आबश्यकता खड्किएको बताएका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update