Erani Mahal
भूमी समस्या सम्बन्धी अन्तरक्रिया सम्पन्न
bhumii
पाल्पा – जिल्लामा भूमी समस्या समाधान सम्बन्धी अन्तरक्रिया भएको छ । भूमी सम्बन्धी समस्या समाधान जिल्ला समिति पाल्पाको आयोजनामा भूमी समस्या सम्बन्धी अन्तरक्रिया भएको हो । बिहीबार तानसेनमा भएको अन्तरक्रियामा बोल्ने वक्ताहरुले जिल्लाको विभिन्न स्थानमा रहेका भूमी सम्बन्धी समस्या समाधान तत्काल हुनुपर्नेमा जोड दिनुभएकाे थियाे । कार्यक्रममा बोल्ने वक्ताहरुले हाल जिल्लामा रहेको भूमीहिन, सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधान नहुने हो भने उक्त समस्या बढेर जाने बताएका थिए । जिल्लामा अहिले दश हजार परिवारको भूमी सम्बन्धी समस्या रहेकोमा उक्त समस्या तत्काल समाधान नभए बढेर जाने सहभागीहरुकाे भनाइ छ । कार्यक्रममा भूमी सम्बन्धी समस्या समाधान आयोग पाल्पाका अध्यक्ष एकप्रसाद भण्डारीले आयोगले जिल्लाको रामपुर, माथागढीको सराई, तानसेनको दमकडा, रैनादेवी छहराको विभिन्न स्थानमा रहेको समस्या समाधान गर्न क्रियाशिल हुने बताउनुभयो । उहाँले आफूले विगतमा पनि सुकुमबासी र भूमिहिनको समस्या समाधानमा क्रियाशिल रहेको बताउँदै राजनीतिक अवस्थाले पदमा नभएपनि सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य वीरबहादुर रानाले सबैको सहमतिमा वास्तविक सुकुमबासी र भूमिहिनको समस्या समाधान हुनुपर्ने जाेड दिनुभयाे । कार्यक्रममा संविधानसभा सदस्य नारायणी शर्मा, रामपुर नगरपालिकाका मेयर रमण थापा, रैनादेवी छहराका अध्यक्ष रामबहादुर कार्की, पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्याल लगायतले आ–आफ्नो स्थानीय तहको समस्या राख्नुभएको थियो । अन्तक्र्रिया कार्यक्रममा मालपोत कार्यालय पाल्पाका प्रमुख दुर्गा खनाल, वन कार्यालयका प्रमुख मोहन पौडेल, भूमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति पाल्पाका विज्ञ सदस्य रामजी पोखरेललगायतले प्रस्तुती राख्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update