Erani Mahal
रामपुरका दुई सय बृद्ध तथा विपन्नलाई जाडोको न्यानो कपडा वितरण
jadoko-kapada-bitran-1-696x522
पाल्पा- पाल्पाको रामपुर नगरपालिका भित्रका दुई सय बृद्ध असहाय तथा विपन्न नागरिकलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाले ६० वर्ष भन्दा माथिका बृद्ध असहाय तथा विपन्न नागरिकलाई न्यानो कपडा ब्ल्याङ्केट नगरका दशवटै वडामा पुगेर वितरण गरेको हाे । मंगलवार रामपुर नगरपालिका वडा नं ५ मा वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा कार्यक्रम गरी न्यानो कपडा वितरण गरिएको छ । ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले लुम्बिनी प्रदेश सरकारले रामपुर नगरपालिकामा यस आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारमार्फत मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत ७० लाख वजेट उपलब्ध गराएको बताउदै ज्येष्ठ नागरिक सम्मान लगायत विभिन्न कार्यक्रम गर्ने योजनाअनुसार अघि बढेको बताउनुभयाे । नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले ज्येष्ठ नागरिकमध्ये पनि नगरपालिकाले दशवटै वडामा रहेका विपन्न सदस्य छनौट गरी सम्मान कार्यक्रम गरेको बताउनुभयाे । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत एक वडामा २० जना गरी दशवटै वडामा गरी रामपुर नगरभित्रका दुई सय ज्येष्ठ विपन्न नागरिकलाई जाडोको न्यानो कपडा ब्ल्याङ्केट वितरण गरिएको सहजकर्ता सम्झना पछाईले जानकारी दिनुभयाे । यसैगरी मंगलवार नै रामपुर नगरपालिका वडा नं ४, ६ र ७ मा पनि न्यानो कपडा वितरण कार्यक्रम भएको छ । यसभन्दा अगाडी नगरका वडा नं १, २, ३, ८, ९ र १० मा जाडोको न्यानो कपडा वितरण गर्ने कार्यक्रम सम्पन्न भएको रामपुर नगरपालिकाका फोकल पर्सन गंगा खनालले जानकारी दिइन् । कार्यक्रमको संचालन वडा सचिव महेशप्रसाद भट्टराईकाे स‌चानलन मेलमिलापकर्ता अर्जुन रेग्मीले धन्यवाद र वडा सदस्य माया नेपालीले स्वागत गर्नुभयाे । कार्यक्रम सम्बन्धमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार समिति सदस्य बन्दना पोखरेलले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update