Erani Mahal
सिद्धार्थ राजमार्ग मिचेर बनाइएका घरटहरा आफैँ हटाउनुपर्ने, अटेर गरे सडक कार्यालयले हटाउने
sadakd
पाल्पा – सिद्धार्थ राजमार्ग मिचेर बनाइएका घर तथा टहरा हटाउन डिभिजन सडक कार्यालयले अन्तिम तयारी थालेको छ । दोभानदेखि राम्दीसम्म करिब ७०० सय घर तथा टहरा हटाउनका लागि सडक डिभिजन कार्यालयले अन्तिम तयारी गरेको हो । यसअघि सडकको क्षेत्राधिकारभित्र परेका संरचना हटाउनका लागि सडक कार्यालयले रेखाङ्कनको कार्य गरिसकेको छ । गत माघ २० गते डिभिजन सडक कार्यालयले सूचना निकालेर व्यक्ति आफैलाई सडकका संरचना हटाउन एक साताको सूचना प्रकाशित गरेको थियो । तर एक सातापछि पनि कुनै पनि व्यत्तिले सडक मिचेर बनाएका संचना नहटाएपछि सडक कार्यालय आफैँ यस्ता संचना हटाउने तयारी गरेको हो । डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले सडकको क्षेत्राधिकारभित्र परेका संरचना हटाउन पटक–पटक गरिएको निर्देशन अटेर गरिएको बताउनुभयो । सडकको दाया–बायाँ २५/२५ मीटरभित्रका घर, टहरा, मठ मन्दिर तथा भौतिक संरचना हटाउन सूचित गरेपनि मानिसले आफैँ हटाउन आनाकानी गरेको उहाँले बताउनुभयो । फागुन १३ गते पनि सूचना निकालेर व्यक्ति आफैलाई संरचना हटाउन भनेका छौँ तर हटेर गरे उक्त संरचना हटाउने उहाँले बताउनुभयो । जसले सडक मिचेर संरचना बनाएको हो, उसैबाट संरचना हटाएको खर्च उसुलउपर गरिने उहाँले बताउनुभयो । डिभिजन सडक कार्यालयले सडकको दाया र बाया २५/२५ मिटरभित्र परेका घर, संरचना, टहरा, मठमन्दिरमा चिन्ह लगाइसकेको छ । अब उक्त चिन्ह लगाएका संरचना हटाउने अन्तिम तयारी भईरहेको कार्यालयले जनाएको छ । सडका कार्यालयले सार्वजनिक सडक ऐन २०३१ को दफा १९ अनुसार कुनैपनि व्यक्तिले बनाएका संरचना हटाउन लाग्ने शुल्क सम्बन्धित व्यक्तिबाटै असुल गर्नुपर्ने प्रावधान छ । सडक डिभिजन कार्यालयले पुन एक साताको म्याद राखेर सूचना जारी गरेको हो । राजमार्गभित्रका करिब सात सय घर तथा टहरा हटाउँदा कयौँ मानिस सडकमा पुग्ने अवस्था आउने अनुमान गरिएको छ । केही स्थानीय तहले भने सडकमा पुग्ने अवस्थाका व्यक्तिलाई सहयोग गर्ने जनाएको छ । यद्यपी सडक कार्यालयले सचेत गराउँदासमेत अटेर गरेर सडक छेउमा अत्याधिक संरचना बनेका छन् । खासगरी दोभान, केराबारी, चर्चरे, प्रभास, बर्तुङ्, आर्यभाङ्ज्याङ् र राम्दी क्षेत्रमा सयौँ घरहरू फ्याकिनेछन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update