निस्दीको गल्धामा प्रथम साँस्कृतिक महोत्सव सम्पन्न

धनबहादुर ठाडा || १७ फाल्गुन २०७७,सोमबार १९:४८
पाल्पा – निस्दीको गल्धामा प्रथम गल्धा साँस्कृतिक महोत्सव – २०७७ सम्पन्न भएको छ । सगरमाथा युवा क्लब निस्दी – ५ , गल्धा कठैडाँडाको आयोजनामा फागुन १४ र १५ गते भएको महोत्सव सफलता पुर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष पिलेन्द्र ठाडाको अध्यक्षताम भएको महोत्सवको लुम्बिनी प्रदेश संसद युवाराज खनालले उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्नुहुँदै संसद खनालले नेपाली कला र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्न क्लबले खेलेको भुमिकाको प्रशंसा गर्नुभएको थियोे ।
महोत्सवमा लोकप्रिय लोक गायक बद्री पंगेनी , सर्जक तथा गायक हुम गैरे , लोक गायक बिक्रम परियार , लोक गायिका जमुना राना , धन माया दिशुवा , समिक्षा ठाडा गैरे , राज बयम्बु मगर , झलक सारु लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहेकोे थियो ।
महोत्सको अवसरमा लोकनृत्य प्रतियोगिताको समेत रहेकोे थियो । कार्यक्रमको संचालन संचारकर्मी गोविन्द नेपाली र कुशल अर्यालले गर्नुभएको थियो ।