Erani Mahal
रामपुरमा महिला दिवसमा खुल्ला महिला म्याराथन प्रतियोगिता
marathon-running
पाल्पा- रामपुर नगरपालिकाले महिला दिवसमा खुल्ला महिला म्याराथन प्रतियोगिता गर्ने भएको छ । रामपुर नगरपालिकामा भएको सरोकारवाला महिलाहरुको भेलाले दिवसलाई प्रतिस्पर्धात्मक रुपमा मनाउने निर्णय गरेको हो । मार्च ८ अर्थात् आउदो फागुन २४ गते मनाइने १ सय ११ औं महिला दिवसमा महिलाहरुलाई प्रतिस्पर्धी, अब्बल र सक्षम महसुस गराउन यस्तो किसिमको प्रतियोगिता राखिएको रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले रानीमहललाइ बताउनुभयो । बिगतमा बजार क्षेत्रमा र्‍याली र सचेतना कार्यक्रम गरेर मनाउने गरेकोमा यसबर्ष झण्डै २ किलोमीटर दुरीमा दौडको आयोजना गरेको उहाँले रानीमहललाइ बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले समाजका हरेक क्षेत्रमा महिलाको सहभागिता र भुमिका उत्तिकै हुने बताउनुभयो । बिद्यालयमा मात्र महिलाहरु बिचको म्याराथन प्रतियोगिता हुने गरेकोमा हाल विभिन्न समयमा महिलाहरुको खुला म्याराथन प्रतियोगितामा उल्लेख्य सहभागी हुने गरेको बताउदै घरबाट निस्केर यस्तो खेलमा सहभागी हुदा र प्रतिस्पर्धाले छुट्टै उत्साह दिलाउने रानीमहललाइ बताउनुभयो । प्रतियोगितामा सहभागी हुन चाहनेले नगरपालिकाको महिला शाखामा फागुन २२ गते भित्र नाम दर्ता गरिसक्नुपर्ने, फोनबाट ९८४९९१४५८७ र ९८६७३५५६०२ मा पनि नाम टिपाउन सक्ने महिला तथा बालबालिका शाखाका पुजा परियारले जानकारी दिनुभयो । म्याराथनको लागि नगरपालिका कार्यालय परिषरबाट बजारचोक - पाचकुने चोक- नमुनामार्ग- बालकल्याण प्रावि - रामपुर अस्पताल सानीअमराई हुँदै कालीआप- डुम्रीगाउ शिवालय चोक किसानबारी बजार हुँदै आँखा अस्पताल प्राङ्गण चौर सम्मको रुट तय गरिएको महिला शाखाले जनाएको छ । पहिले २०० दर्तासम्म भाग लिन चाहने प्रतियोगिलाई महिला दिवसको नारा सहितको टिसर्टको व्यबस्था गरिनेछ भने त्यो भन्दा बढी सहभागी भए आफ्नै पनि पोषाकमा सहभागी हुन सक्ने गरि व्यबस्था गरिएको छ । यस बर्षको नारी दिवसको नारा "महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार" रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, द्दितियले नगद ५ हजार तृतीयले नगद २५ सय र सान्त्वना ७ जनाले १/१ हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update