Erani Mahal
पत्रकार अर्याललाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान
pURASKAR (1)
पाल्पा – खेलकुद पत्रकारिताको माध्यमबाट खेलकुदका क्षेत्रमा योगदानको कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयले पत्रकार माधव अर्याललाई पुरस्कृत गरेको छ । कान्तिपुर दैनिकका उपसम्पादक अर्याललाई आइतबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा नगद २५ हजार, प्रमाणपत्रसहित खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार पुरस्कृत गरेको हो । नेपाल खेलकुद पत्रकार मंच पाल्पाका संस्थापक अर्याल लामो समयदेखि खेलकुद पत्रकारितामा कलम चलाउँदै आउनुभएको छ । युवा तथा खेलकुद मन्त्री दाबा तामाङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी लगायतले पुरस्कृत गरे । अर्याल दुई दशक भन्दा लामो समयदेखि पत्रकारितामा संलग्न रहनुभएको छ । खेलकुद पत्रकार मञ्चबाटसमेत उत्कृष्ट पत्रकारिता पुरस्कार पाइसक्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update