Erani Mahal
तानसेन नगरपालिकाद्वारा कृषक वीउ तथा उपकरण सहयोग
1 (2)
पाल्पा – तानसेन नगरपालिकाले व्यवसायिक कृषकलाई उन्नत वीउबिजन र उपकरण सहयोग गरेको छ । आईतबार तानसेन वडा नं ८ कोकलमा व्यवसायिक रुपमा टमाटर खेती गर्ने २० जना कृषकलाई वीउ, उमार्ने प्लाष्टिक, औषधी, भिटामिन लगायत आवश्यक सम्पूर्ण सामग्रीको सेट वितरण गरेको हो । देशको कुल ग्राहस्तमा मुख्य भुमिका खेल्ने कृषिक्षेत्रलाई व्यवसायिक र उन्नत बनाउन तानसेन नगरपालिकाले विभिन्न कार्यक्रम मार्फत उन्नत बिउ,औषधी, तालिम सेवा र पशुपालन तर्फ बाख्रा, कुखुरा, खोर निर्माणमा सहयोग लगायतका कार्यक्रमहरु संचालन गरेको मेयर अशोक कुमार शाहीले बताउनुभयो । तानसेन नगरपालिका मुख्यमन्त्रि ग्रामीण विकास तथा युवा स्वरोजगार कार्यक्रम संचालन भएका स्थानमा मागको आधारमा व्यवसायिक कृषि गर्ने कृषकको लागी टमाटर, काक्रा, सेमी लगायतको बिउ र बिउ संगै आवश्यक पर्ने सम्पूर्ण सामानको सेट वितरण गरिएको कार्यक्रम शिफारिस समिती सदस्य गुरास आत्रेयले जानकारी दिनुभयो । तानसेन नगरपालिकाको मुख्य छ वटा टोलमा संचालन भएको यो कार्यक्रमबाट व्यवसायिक रुपमा खेती नगर्ने परिवारको लागी व्यवसाय तर्फ अग्रसर गराउन कम्तिमा दुई रोपनीमा रोप्न पुग्ने गरी लहरेबालीका वीउका सेट वितरण गरिएको छ । तानसेन नगरपालिकाले रेडा पाल्पाको संयोजनमा गरिरहेको कार्यक्रमबाट पनि व्यवसायिक पशुपालन तथा कुखुरा पालन गर्ने कृषकलाई नियमित सहयोग गर्दै आएको छ । आईतबार तानसेन नगरपालिका वडा नं छ मा भएको कार्यक्रममा मेयर शाहीले १० परिवारको लागि प्रतिपरिवार एक सयका दरले लोकल कुखुराको चल्ला, दाना दिने भाडा, पौष्टिक तत्वहरु र दाना बनाउने मेसिन सहितको सेट कृषकलाई हस्तान्तरण गर्नुभयो । नगरपालिकाबाट प्रदान भएको अनुदानको सदुपयोग गरी आफू व्यवसायिक बन्न र समाजका अरुलाई व्यवसायिक र आत्मनिर्भर बनाउन मेयर शाहीले आग्रह गर्नुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update