Erani Mahal
पाल्पामा ३९ औँ मगर संघ स्थापना दिवस मनाइयाे
mmmmm
पाल्पा – पाल्पाको विभिन्न स्थानमा ३९ औँ मगर संघ स्थापना दिवस तथा मगर एकता दिवस मनाइएको छ । शनिबार जिल्लाको रामपुर, तिनाउ, माथागढी, रम्भा, पूर्वखोला, बगनासकाली, रैनादेवी छहरा लगायतका स्थानमा मगर एकता दिवस मनाइएको हो । मगर एकता दिवसमा मगर समुदाय सम्बद्ध विभिन्न संघसंस्थाहरुले जातीय पहिचान सहितको कला, संस्कृति प्रदर्शन गरेका थिए । पाल्पाको रामपुरमा एकीकृत मगर उत्थान समाज रामपुर र नेपाल मगर संघको संयुक्त आयोजनामा प्रदर्शन तथा सभा भएको थियो । रामपुरको बेझाँड बजारमा ¥याली सहित सांस्कृति झाँकी प्रदर्शन, विभिन्न मगरी खाना परिकारहरु प्रदर्शन, जेष्ठ नागरिक तथा उत्कृष्ट विद्यार्थी सम्मान, साथमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको थियो । उता रम्भा गाउँपालिका ३ पिपलडाडाँमा पनि नेपाल मगर संघको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमहरु भएका थिए । माथागढीको सराईमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य वीरबहादुर रानाले मगर समुदायको एकताले मात्र उपलब्धी संस्थागत गर्न सकिने बताउनुभयो । उहाँले अहिले कोही जाति तल र माथि नभई सबै बराबर भएपनि समुदायभित्रका केही विकृतिले मगर समुदायको उत्थान हुन नसकेको बताउनुभयो । कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष केहरसिंह राना, नेपाल मगर महिला संघ लुम्विनी प्रदेश समितिका अध्यक्ष प्रतिक्षा सिंजाली, माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, नेपाल मगर महिला संघ पाल्पाका अध्यक्ष थानीमाया सोमै, वडा अध्यक्ष रनबहादुर खाम्चा लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रम नेपाल मगर संघ कसेनीका अध्यक्ष लोकेन्द्र थापाको अध्यक्षता र लालुमाया घर्तीमगर र रोसनी चिदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update