Erani Mahal
केपी ओलीलाइ सुधार्न सकिएन : ज्ञवाली
yaubraj-zyali
गुल्मी - नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले केपी ओलीलाई सुधार्नका जति प्रयास गरे पनि निरर्थक भएको बताउनुभएकाे छ । माधव(प्रचण्ड समूहले गुल्मीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले ओलीलाई धुँदाधुँदा बागमतीको पानी सकिएको तर उनी कहिल्यै नसुध्रिएको र उनको मनको हिलोमैलो नपखालिएको बताउनुभएकाे छ । उहाँले भन्नुभयाे, ओलीलाई सुधार्नका लागि हरदम प्रयास गर्यौँ तै पनि उहाँ सुध्रिनुभएनु उहाँले थप्नुभयाे, उहाँलाई धुँदा(धुँदा बरु बागमतीको पानी सकियो तर उहाँ कहिल्यै पखालिनुभएन। ज्ञवालीले प्रधानमन्त्री ओलीलाई बालकोटमा गएर आराम गर्न पनि सुझाव दिनुभयाे । उहाँलाई अब सत्तामा बस्ने नैतिकता नभएकाले राजीनामा दिन आग्रह गर्नुभयाे । ओलीले तत्कालीन एमाले र माओवादी केन्द्रबीच गरिएको एकता केबल आफू कुर्सीमा पुग्न र विद्या भण्डारीलाई दोस्रोपटक राष्‍ट्रपति बनाउनका लागि मात्र गरेको समेत उहाँले बताउनुभयाे ।
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update