Erani Mahal
गुल्मीकाे मालिकामा प्याराग्लाइडिङको सुरुवात
paragliding
तिलाचन पाण्डेय गुल्मी- केही समय अघि प्याराग्लाइडिङको सफल परीक्षण गरेको मालिका गाउँपालिकाले अन्नत बिहीबार देखी विधिवत रुपमा मालिका प्याराग्लाइडिङ महोत्सवको उद्धघाटन गरेको छ । गुल्मी जिल्लामै पहिलो पटक मालिका गाउँपालिकाको स्रकियतामा मालिका प्याराग्लाइडिङ महोत्सव २०७७ सुरु भएको हो ।मालिका गाउँपालिकाको आर्थीक सहयोग र अर्खबाङ बजार व्यवस्थापन समितिको सहकार्यमा महोत्सव सुरु भएको हो । मालिका गाउँपालिकाको पर्यटन प्रर्वद्धनमा टेवा पुराउने उदेश्यले प्याराग्लाइडिङ महोत्सवको आयोजना गरिएको बताईएको छ । फागुन १२ गते देखि महोत्सव सुरु गर्ने भनिएतापनि केही प्राविधिक समस्याका कारण एक दिन ढिलो गरी आज देखी महोत्सव सुरु भएको हो । गाउँपालिकाको वडा नम्वर चार देउराली डाडा बाट प्याराग्लाइडिङको उडान गरिएको छ । भने वडा नम्वर आठ सिमलटारीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । साथै प्याराग्लाइडिङ उडानको लागी प्रतिव्याक्ती दुई हजार तोकीएको छ । प्याराग्लाइडिङ बाट मालिका गाउँपालिका संगै छिमेकी स्थानीय तहका पर्यटकीय संगै धार्मीक स्थलको दृश्यावलोकन गर्ने सकिने छ । प्याराग्लाइडिङ महोत्सव आउँदो फागुन २७ गते सम्म चल्नेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update