Erani Mahal
गुल्मी जिल्ला कोरोना संक्रमण मुक्त !
Corona_virus
गुल्मी - गुल्मी जिल्ला कोरोना संक्रमणमुक्त भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेपछि गुल्मी संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयाे । जिल्लामा हाल होम आइसोलेसनमा बस्नेहरुको संख्या शून्य रहेको छ गुल्मीमा ९ सय ५२ जना कोरोनामुक्त भएर घर फर्केका छन् जिल्लामा हालसम्म ५ हजार ९६१ जनाको कोरोना परीक्षण गरिएकोमा ९६५ जनामा संक्रमण पुष्टि भएको थियो । गुल्मीमा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ।जिल्लामा हाल भने कोरोनाविरुद्धकोे खोप लगाउने दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update