Erani Mahal
महेन्द्र नरेश विद्यालय रहबासको ६० औं वार्षिकोउत्सव
image
पाल्पा- माथागढी गाउँपालिका वडा नं. ७ रहबास मटेरीमा रहेको महेन्द्र नरेश विद्यालयको ६० औं वार्षिकोउत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्त बहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले शिक्षित व्यक्तिले मात्र समाज परिवर्तनमा योगदान दिने भएकाले गुणस्तरीय र व्यवसायिक शिक्षा प्रदानमा लाग्नुपर्ने बताउनुभयो । विद्यालय शिक्षाको पहुँच भन्दा बाहिर रहेका बालबच्चाहरुलाई विद्यालयसम्म ल्याउने काम गरेको बताउनुभयो । अध्यक्ष थापाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार्न र विद्यार्थीहरुको भर्नादर वृद्धि गर्न गाउँपालिकाले विभिन्न कार्यक्रमहरु समेत अघि सारेको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि वडा नं.-७ का वडा सदस्य नुर बहादुर दर्लामी, अतिथिहरुमा सिद्धार्थ माविका सप्रअ लिल बहादुर राना, धारा देवी माविका प्रअ तुलानन्द साह, महेन्द्र नरेश प्राविका छकलाल चौहान, बतासचुली देवी प्रावि कि बुद्धि कुमारी लाम्काहा, सरस्वती प्राविको प्रअ दिल बहादुर राना, रहवास स्वास्थ्य चौकीका प्रमुख भिम बहादुर राना लगायतले मन्तव्य राखेका थिए। भने विद्यालयले वडा नं.- ७, मा रहेका ५ विद्यालय बीच प्रा.वि. स्तरीय हाजिरीजवाफ प्रतियोगिता, टोलस्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता गरिनुका साथै मा.वि. संचालनार्थको लागि १५ जना शिक्षाप्रेमी दाताहरुलाई सम्मान गरिएको थियो । मनि माया ठाडाद्वारा रु. १ लाख र माया ठाडाबाट रु. १ लाख विद्यालयलाई सहयोग गर्नुभएको थियो । भने शिक्षण पेशामा मेहेनती शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । शिक्षक तौलन गुप्ताको स्वागत, सहायक प्रअ युद्धजंग पुनको संचालनमा भएको कार्यक्रममा विद्यालयको ४३ लाख ५२ हजार ३ सय ५ बराबरको आय व्यय प्रअ छबिन्द्र लाल बिकले प्रस्तुत गर्नुभयो । यस शैक्षिक सत्रदेखि कक्षा ९ सम्म अध्यापन शुरू भएको उक्त विद्यालयमा १५५जना विद्यार्थी तथा ११ जना शिक्षक कमचारी रहेको प्रअ बिकले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update