Erani Mahal
निस्दीमा स्पोर्ट्स च्याम्पियनसिप हुने
khel
पाल्पा - निस्दीमा एसडिआरसि स्पोर्ट्स च्याम्पियनसिप - २०७७ हुँदैछ। समाज विकास स्रोत केन्द्र निस्दी - ४ , मित्याल, भोर्मा , पाल्पाले महाशिवरात्री मेलाको अवसर पारेर आगामी फागुन २६ देखि २९ गतेसम्म विविध खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । सम्पुर्ण खेलप्रेमी महानुभावहरुको चाहनालाई मध्यनजर गर्दै केन्द्रले खुल्ला पुरुष भलिबल , खुल्ला महिला भलिबल र खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको अध्यक्ष बोम बहादुर खाम्चाले बताउनुभयो । भोर्माको खेलमैदानमा हुने खुल्ला पुरुष भलिबलमा प्रथम हुने टिमले नगद रु. ५० हजार , ट्रफी , मेडल र प्रमाणपत्र त्यसैगरी द्दतीयले नगद रु. ३० हजार , ट्रफी , मेडल र प्रमाणपत्र , तृतीय हुने टिमले नगद रु. २० हजार , ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै खुल्ला महिला भलिबलमा प्रथमले नगद रु. १० हजार , ट्रफी , मेडल र प्रमाणपत्र , द्दतीयले नगद रु . ६ हजार , ट्र्फी , मेडल र प्रमाणपत्र त्यस्तै तृतीय हुने टिमले नगद रु. ४ हजार , ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। यता खुल्ला ब्याडमिन्टन तर्फ प्रथम , द्दतीय र तृतीय हुनेले क्रमश : नगद रु. ५ हजार , ३ हजार , २ हजार , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । केन्द्रले विगत वर्षदेखिनै महाशिवरात्रीको अवसर पारेर आफ्नो वार्षिकोत्सबको उपलक्ष्यमा विविध कार्यक्रमहरु गर्दै आएको छ।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update