Erani Mahal
बुटवल-नारायणगढ सडक खण्डको निर्माणकार्य तीव्र
btl narn
गोपी ज्ञवाली नवलपरासी- दुई वर्ष पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नुभएको बुटवल नारायणगढ सडक विस्तारको कामले पुन तीव्रता पाएको छ । कोविड १९ को संक्रमणका कारण गत चैतदेखि बन्दाबन्दी शुरु भएपछि बुटवल नारायणगढ सडक खण्डको निर्माणकार्य रोकिएको थियो । बन्दाबन्दी र बर्सातका कारणले पछिल्लो सात महिनासम्म रोकिएको कामले पुनः तीव्रता पाएको नारायण बुटवल सडक आयोजना पश्चिम खण्डका सूचना अधिकृत इन्जीनियर युवराज पाण्डेले बताउनुभएको छ । गत चैतमा भएको बन्दाबन्दीपछि सडक विस्तार कार्य सात महिनासम्म बन्द रही रहेको अवश्थामा मौसम सुध्रिएपछि बुटवल नारायणगढ सडक पश्चिम खण्डको निर्मण कार्यले तिब्रता पाएको छ । सडक निर्माणको कामले पुनः निरन्तरता पाएसँगै देवदहको घाडाहा पुल, भलुहीको ५ नम्बर पुल, र सुनवल ७ को ज्यामिरे पुलको निर्माण भई रहेको आयोजनाका इन्जीनियर पाण्डेले बताउनुभएको छ । वुटवल नारायणगढ सडक विस्तारको पश्चिम खण्ड (दाउन्ने पश्चिम)मा ९ वटा ठुला पुल, २२ वटा साना पुल र २ सय ४४ वटा कल्वर्टहरु निर्माण हुने बताईएको छ । आयोजनाका सुचना अधिकृत इन्जीनियर पाण्डेका अनुसार सडक निर्माणका क्रममा पुलको पाईलिङको काम, सडक छेउको ड्रेन निर्माण, साना ब्रिज निर्माण, माटो भर्ने लगाएतका कामहरु एकै साथ तत्काल सुचारु भएको छ । बुटवलदेखि नारायणगढ सम्मको एक सय २० किलोमिटरको सडक खण्ड विस्तार गरी बजार क्षेत्रमा छ लेन, अन्य क्षेत्रमा चार लेन र दाउन्नेको पहाडी क्षेत्रमा सडक तीन लेनको विस्तार गरिने भएको छ । ७ अरबको लगानीमा बन्न लागेको यो सडक बितार काम तीन वर्षभित्रमा सकिने गरी समझौता गरिएको भए पनि बन्दाबन्दी, बर्खा लगायतका कारणले समयमा निर्माण पुरा नहुने देखिएको छ । सडक विस्तारका क्रममा बुटवल, सुनवल, बर्दघाट, भुमही जस्ता बजार क्षेत्रमा सडकको छेउमा पैदल यात्रीका लागि फुटपाथ, बीचमा डिभाईडर, दुबै किनारामा नाला लगाएतका संरचनाहरु बन्ने बताइएको छ । यसैँगरि सडक विस्तारका क्रममा दाउन्नेको पहाडी क्षेत्रमा कतिपय स्थानमा सडकदेखि कुनातर्फको पहाड काटिनेछ भने कतिपय स्थानमा बाटोको तलबाट गेविन उठाएर सडकलाई तीन लेनको बनाइने बताइएकोे छ ।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update