Erani Mahal
जिल्ला आयुर्वेद स्वाथ्य केन्द्र पाल्पामा निशुल्क ल्याव सेवा सञ्चालनमा
madhav
पाल्पा- जिल्ला आयुर्वेद स्वाथ्य केन्द्र पाल्पामा निशुल्क ल्याव सेवा सञ्चालनमा आएको छ । ल्याव सेवाको एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति पाल्पाका कावा प्रमुख मिरा मरासिनीले उद्घाटन गर्नुभयो । आयुर्वेद स्वास्थ्य केन्द्रले कोभिडका कारणले देश लकडाउनमा परेका बेला समेत क्वारेन्टीनहरुमा सञ्चालन गरेको स्वास्थ्य सेवा निकै प्रभावकारी रहेकोमा प्रशंसा गर्दै निशुल्क ल्याव सेवा सञ्चालनमा ल्याउनु पाल्पालीकाे लागि सुखद विषय भएकाे बताउनु भयो । विशिष्ठ अतिथि जिल्ला समन्वय अधिकारी ध्रुव कुँवरले संस्थाले सरकारी तवरबाट आयुर्वेदकाे विकासमा नमुना काम गरेकाे भन्दै जिससले समन्वय गर्न तयार रहेकेा बताउनुभयाे । कार्यक्रममा पाल्पा टेक्निकल कलेजका प्रिन्सिपल त्रिलोचन पौडेल, तानसेन नगरपालिका वडा नं २ का वडा सदस्य महेश्वर श्रेष्ठ लगायतले बोल्नुभएको थियो । आयुर्वेद स्वास्थ्य केन्द्रकी बैध्य निरीक्षक सरिता केसीको स्वागतबाट शुरु भएको ल्याव सेवा शुभारम्भ कार्यक्रमको सञ्चालन वरिष्ठ कबिराज निरीक्षक माधव बस्यालले गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update