Erani Mahal
संसद पुर्नस्थापनाको खुसीयालीमा पाल्पामा दीपप्रज्वलन
152849430_470774690973820_1397147093225078304_n
पाल्पा- सर्वोच्च अदालतले केपी ओलीको असंवैधानिक कदमको खारेज गरी संसद पुर्नस्थापना गरेको खुसीयालीमा दिपावली गरिएको छ । सित्तलपार्टीमा भएको दिपावली कार्यक्रममा सांसद तथा पूर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डेयले सर्वोच्चले प्रधानमन्त्रीको असंवैधानिक कदम खारेज गरेर न्याय र जनताको पक्षमा फैसला गरेको बताउनुभयो । उहाँले केपीओलीले सर्वसत्तावाद विरुद्ध सबै नेपालीहरु आन्दोलित भएको अवस्थामा सर्वोच्चको कदम स्वागत योग्य रहेको र जनताको जीत भएको बताउनुभयो । यस्तै केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य तुलाराम घर्तीले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा भएको र गणतन्त्र विरोधी संघीयता विरोधीको हार भएको बताउनुभयो । उहाँले संसद विघटनको आन्दोलनमा सहभागि हुने सबैलाई धन्यवाद दिनुभयो । यस्तै केन्द्रीय सदस्य ठाकुर गैरेले सर्वोच्च अदालतले संविधानको सहि तवरले व्याख्या गरेको बताउनुभयो । उहाँले केपी ओली र राष्ट्रपति मिलेर गरेको असंवैधानिक कामलाई सर्वोच्चले खारेज गरिदिएकोले केपी ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य पनि प्रचण्ड माधव नेतृत्वकै नेकपाले पाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले लोकतन्त्र र विकासको लागि सर्वोच्चको फैसलासँगै कानूनी राजको आभाष दिलाएको बताउनुभयो । कार्यक्रम पार्टी सचिव राजेन्द्र विश्वकर्माको संचालनमा भएको थियो । पाल्पामा केपी ओलीको असंवैधानिक कदमको विरुद्धमा सर्वोच्च अदालतले गरेको संसद पुर्नस्थापनाको खुसीयालीमा दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलन कार्यक्रममा पाल्पा क्षेत्र नं. २ का सांसद तथा पूर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डेयले सर्वोच्चको फैसलाले कानून र जनताको पक्षमा न्याय दिएको बताउनुभयो । सभामा नेताहरुले सर्वोच्चको फैसलाले देश र जनताको पक्षमा कानूनी न्यायको पक्षमा फैसला भएकाले संसद विघटन विरुद्धको आन्दोलनमा सहभागि हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update