Erani Mahal
पाल्पामा थप १३ जनामा कोरोना पुष्टि : संख्या १९४९ पुग्यो !
corona-virus-covid-19
पाल्पा- पाल्पामा पछिल्लो एक हप्तामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार १० जना पुरुष र ३ जना महिला गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ । यससँगै पाल्पामा कोरोना परीक्षण गरेर पुष्टि हुनेहरुको संख्या १ हजार ९ सय ४९ पुगेको पन्थीले रानीमहललाई बताउनुभयो । पाल्पामा अहिलेसम्म ३५ जनाको कोरोनाको कारण निधन भएको छ भने १ हजार ९ सय १ जना कोरोना जितेर निको भएका छन्, अहिले १३ जना सक्रिय संक्रमित रहेको पन्थीले रानीमहललाई बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update