Erani Mahal
युवा वर्ष मावि कचलको ३९ औं वार्षिकोत्सव
j (2)
पाल्पा- तिनाउँ गाउँपालिका १ कचलमा रहेको युवा वर्ष माविको ३९ औं वार्षिकोउत्सव तथा अभिभावक दिवश कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तबहादुर छहरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभासद तुलाराम घर्तीले शिक्षित व्यक्तिले मात्र समाज परिवर्तनमा योगदान दिने भएकाले गुणस्तरीय र व्यवसायिक शिक्षा प्रदानमा लाग्नुपर्ने बताउनुभयो । यस्तै विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले विद्यालयको भौतिक विकासमा गाउँपालिकाले ध्यान दिएको तर शैक्षिक विकासमा शिक्षकले मेहनत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष रोमबहादुर लम्तरी,प्रवक्ता राजेश श्रेष्ठ, युवा समन्वय समिति तिनाउँका अध्यक्ष प्रेम श्रेष्ठ, ज्ञानोदय मावि ओखलढुंगाका प्रअ हरीनारायण पौडेल,अभिभावक संघका अध्यक्ष शान्ता खड्का लगायतले शुभकामना दिनुभयो । सहायक प्रअ डोलबहादुर लम्तरीको स्वागत, शिक्षक केशव भण्डारीको संचालनमा भएको कार्यक्रममा विद्यालयको १ करोड ७४ लाख बराबरको आय व्यय प्रअ प्रेमबहादुर खत्रीले प्रस्तुत गर्नुभयो । कक्षा १२ सम्म पढाइहुने उक्त विद्यालयमा ३५० जना विद्यार्थी तथा १९ जना शिक्षक कमचारी रहेको प्रअ खत्रीले रानीमहललाई जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update