Erani Mahal
निस्दीको गल्धामा प्रथम गल्धा मिनी साँस्कृतिक महोत्सव हुने
152213701_749266565697954_5069774414737627733_n
पाल्पा - निस्दीको गल्धामा प्रथम गल्धा मिनी साँस्कृतिक महोत्सव - २०७७ हुने भएको छ।" मगर संस्कृतिको धरोहर गल्धा गाउँ , स्थानीय कला , संस्कृति , परिकार , प्राकृतिक वातावरणमा रमाऔं " भन्ने मुल नाराका साथ सगरमाथा युवा क्लब निस्दी - ५ , गल्धा , कठैडाँडा , पाल्पाको आयोजना र विशाल मुभिज प्रालि काठमाडौको सह- आयोजनामा साँस्कृतिक महोत्सव हुन लागेको हो । फागुन १४ र १५ गते गल्धाको कठैडाँडामा हुने महोत्सवमा चर्चित गायक हुम गैरे , चर्चित गायिका जमुना राना , चर्चित गायक विक्रम परियार , लोक गायक कृष्ण गैरे , पाल्पा लोक आइडलकी धनमाया दिशुवा , कुशल अर्याल , समिक्षा ठाडा गैरे , सुर्य गैरे , राज बयम्बु मगर , झलक सारु , गोविन्द नेपाली लगायत स्थानीय कलाकारको प्रस्तुति रहने छ। महोत्सवमा लोकनृत्य प्रतियोगिताका साथै स्थानीय झाँकी नाचको प्रदर्शन समेत रहने क्लबका अध्यक्ष पिलेन्द्र ठाडाले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update