Erani Mahal
ओली समूहझार हुन् यिनलाई फालेपछि विरुवा राम्ररी हुर्कन्छ : ज्ञवाली
yubraj gnawali
पाल्पा- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले केपी ओली समूह बोट विरुवालाई खाने झार जस्तै भएको बताउनुभएको छ । उहाँले जसरी बोटविरुवालाई झारले घेरेर हुर्कन रोक्ने गर्दछ, त्यस्तै गरेर कम्यूनिष्ट पार्टीको विकासमा अोली समूह झार भएको बताउनुभएको छ । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले केपी ओली समूहहरु सच्चा कम्यूनिष्ट पार्टीको विरुद्धमा लागेकाले तिनीहरुको पतन हुने बताउनुभयो । ओली समूहका सच्चा कार्यकर्ताहरुलाई अलमलमा नपरी मुल पार्टीमा फर्किन सबै कार्यकर्तालाई उहाँले आव्हान गर्नुभयो । पार्टीको आधिकारीकता र चुनाव चिन्हको बारेमा नियम र कानून अनुसार चल्ने हो भने आफूहरुले नै पाउने तर कव्जा गर्ने हो भने त जे पनि हुन सक्ने बताउनुभयो । उहाँले आफू कम्यूनिष्ट हुँदा चुनाव चिन्ह सूर्य नरहेको बताउँदै चिन्हको कुरा भन्दा पनि पद्धति र सिस्टम रहने कि नरहने भन्ने प्रमुख रहेको बताउनुभयो । उहाँले आफूहरु निर्वाचन विरोधी नभई असंवैधानिक कदमको मात्र विपक्षमा रहेको बताउँदै वैधानिक निर्वाचनमा भने आफ्नो सहभागिता रहने बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update