Erani Mahal
पाल्पामा ढिस्काेले पुरिएर दुई जनाको मृत्यु
dhiskoo
पाल्पा – जिल्लाको पूर्वखोला–४, देवीनगरमा बालुवाको ढिस्कोले पुरिएर एक जना बालिकासहित दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँशो ४ बजेतिर देवीनगरको बलीपोखरा खानीमा बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पूर्वखोला–४, देवीनगरकी १३ वर्षिया पवित्रा सारु र ३६ वर्षिया मायादेवीसिं सारु रहनुभएको छ । बालुवा निकाल्ने क्रममा माथिबाट ढिस्को खस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि स्थानीय मेडिकलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । स्थानीय बासिन्दाको घर बनाउन सहयोगका लागि बालुवा खन्न गएका नौँ जनामध्ये पाँच जनालाई बालुवाको ढिस्कोले पुरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । बालुवाको ढिस्कोले पुएिका तीन जनाको खुट्टा मात्र पुरेकोले जीवितै उद्दार गरिएको र दुई जनालाई जीवित उद्दार हुन सकेको थिएन । मृतक मायादेवी स्थानीय मातृभूमि मावि देविनगरको शिक्षक र पवित्रा सोही विद्यालयको कक्षा ८ मा अध्ययन्रत छात्रा रहेका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update