Erani Mahal
पाल्पामा शनिवार विहान ८ बजेदेखि विद्युत अवरुद्ध हुने
f a
पाल्पा-शनिवार पाल्पामा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्यूत प्राधिकरण पाल्पा वितरण केन्द्रले एक सूचना जारी गर्दै विहान ८ बजेदेखि ५ बजेसम्म बु्रस कटिङ्ग (रुख काट्ने कार्यक्रम) रहेको जनाएको छ । उक्त समयमा बैकल्पिक स्रोतबाट विद्युतको व्यवस्थापन गर्न पहल गरिने कार्यालयले जनाएको छ । कार्यालयले त्यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना समेत सूचनामा गरेको छ । विद्यतुले ३३ केभिए प्रशारण लाइन वरपरको हाँगाविगा कटान तथा प्रभासमा रहेको ३३ केभिए लाइनमा मर्मत गर्नको लागि विद्युत काटिने जनाएको छ । उपभाेक्ताले भने प्रत्येक शनिवार प्रायः जसो रुख कटान भन्दै लाइन काट्ने गरेको उपभोक्ताहरुको गुनासो रहेको छ । तर कार्यालयले कति हाँगा कटान गर्दछ भन्नेकुराकाे जानकारी भने दिने गरेकाे छैन । हेर्नुहाेस सूचना
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update