Erani Mahal
पाल्पामा नेकपाका प्रभावशाली नेताको सम्बोधनः जिल्लामै पहिलो पटक डिजिटल डिस्प्लेबाट गरिने
ddd
पाल्पा - पाल्पामा शनिवार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेताहरु आउनुहुने भएको छ । नेकपा पाल्पाको आयोजनामा हुने अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रीय स्थायी कमिटि सदस्य युवराज ज्ञवाली, पूर्व कृषि मन्त्री तथा चर्चित युवा नेता घनश्याम भुषाल, पूर्व अर्थमन्त्री वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती, पूर्व उद्योग मन्त्री तथा पाल्पा क्षेत्र नं. २ का सांसद सोमप्रसाद पाण्डेय, युवा नेता तथा केन्द्रीय सदस्य ठाकुर गैरे, प्रदेश सभासद तथा केन्द्रीय सदस्य तुलाराम घर्ती लगायतका दर्जन बढी केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रमको तयारी पूरा भएको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले बताउनुभो । पार्टीका सचिवालय सदस्य कमल पाण्डेयका अनुसार पाल्पा जिल्लामै पहिलो पटक डिजिटल डिस्पले राखेर सम्बोधनको बाहिर समेत हेर्ने व्यवस्था मिलाइएको छ । भेलामा केन्द्रीय प्रभावशाली नेताहरुूले पार्टीको आगामि कार्यदिशा, ओली सरकारको कदम किन असंवैधानिक भन्ने विषयमा कार्यकर्ता तथा आम पाल्पालीलाई जानकारी दिने बताउनुभयो । कार्यक्रममा जिल्ला स्तरका नेता कार्यकर्ता तथा अगुवा कम्यूनिष्ट कार्यकर्ताहरुको सहभागिता रहने नेकपा पाल्पा प्रचार विभागले जनाएको छ । कार्यक्रम तानसेनको टुँडीखेलमा रहेको नगरपालिकाको ठूलोहलमा गरिने छ । सोको डिजिटल डिस्प्ले समेत नगरपालिका हल अगाडि राखिने भएको पार्टीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update