Erani Mahal
निस्दीमा स्वास्थ्य तथा पोषण सम्बन्धि अभिमुखिकरण
151546101_534384260856542_5154106831887419060_n
पाल्पा-निस्दी गाउँपालिका पाल्पामा स्वास्थ्य संस्था तथा विद्यालयका स्रोत शिक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक बिकास समितिका संयोजक मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्याल रहनुभएको हो । कार्यक्रममा बोल्नु हुँदै उपाध्यक्ष अर्यालले रक्त अल्पता हुने दरलाई न्यूनीकरण गर्ने राष्ट्रिय कार्यक्रमलाई सफल बनाउन शिक्षकहरुको भूमिका महत्त्वपूर्ण हुने बताउदै यस साथ र सहयोग गर्न जोड दिनुभएको थियो । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम र किशोरीहरुलाई आइरन चक्की वितरण गर्ने उद्देश्यले कार्यक्रम सन्चालन गरिएको स्वास्थ्य संयोजक रेम बहादुर दिशाले बताउनुभयो । कार्यक्रममा शिक्षा संयोजक प्रमोद यादव, शिक्षिका कल्पना ज्ञवाली लगायतकाले बोल्नुभएको थियो । निस्दी गाउँपालिका भित्रका ५४ वटा विद्यालय र स्वास्थ्य कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा १० वर्ष देखि १९ वर्ष भित्रका छात्राहरुलाई आइरन चक्की वितरण बारे जानकारी गराइएको थियो । निस्दी गाउँपालिकाको आर्थिक सहयोग र सुआहराको प्रविधिक सहयोगमा सन्चालन भएको कार्यक्रमको सहजीकरण सुआहराका फिल्ड संयोजक दिनेश भण्डारी र बिनोद पोखरेलले गर्नुभएको हो । स्वास्थ्य शाखाका सहसंयोजक अर्जुन रानाको स्वागतबाट शुरुभएको कार्यक्रमको सन्चालन संयोजक रेम बहादुर दिशाले गर्नुभएको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update