Erani Mahal
शिरीष देवकोटाको मर्मस्पर्शी गीत ‘खाडीको लाहुरे’
shirish_Devkota
पाल्पा – पाल्पामा जन्मिएर राष्ट्रियस्तरमा ख्याति कमाउनुभएका गायक शिरीष देवकोटाले मर्मस्पर्शी गीत सार्वजनिक गर्नुभएको छ । उहाँले बैदेशिक रोजगारमा जानेहरुको कथामा ‘खाडीको लाहुरे’ बोलको गीत सार्वजनिक गर्नुभएको हो । गीतमा वैदेशिक रोजगारमा जाने नेपालीहरुको दुःख, संघर्ष अनि उहाँहरुले घरपरिवार, समाज अनि देशलाई दिनुभएको योगदानको चर्चा गर्नुभएको छ । बैदेशिक रोजगारमा जानेहरुलाई समाज अनि राज्यले सम्मान गर्नुपर्ने गीतमा भनिएको छ । गीतमा शब्द, संगीत र स्वर स्वयम् देवकोटाको नै रहेको छ । त्यस्तै एरेन्ज विनोद बाजुराली, मिक्सिङ खडक बाजुरालीले गर्नुभएको छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको गीतको भिडियोमा अभियन पनि गायक देवकोटाले नै गर्नुभएको छ । सुरेश श्रेष्ठले खिच्नुभएको भिडियोलाई प्रकाश धमलाले सम्पादन गर्नुभएको छ । भिडियो शिरीष देवकोटाको आफ्नै युट्युब च्यानलमा सार्वजनिक छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  २३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update