Erani Mahal
अलिफको ‘छुँदिन म जाले रुमाल’ले स्रोता–दर्शकको मन जित्दै, युट्युब ट्रेन्डिङको शिर्ष १९ स्थानमा
Alif_Khannew-songs
पाल्पा – अलिफ खानको आवाजमा सार्वजनिक गीत ‘छुँदिन म जाले रुमाल’ले स्रोता तथा दर्शकको मन जितेको छ । सोमबार सार्वजनिक गीतले मंगलबार साँझसम्म १ लाख ८८ हजार बढी भ्यूज पाउँदै यूट्युबको ट्रेन्डिङको शीर्ष १९ औं स्थानमा आईपुगेको छ । गीतलाई अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन् । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतमा अलिफले ‘छुँदिन म जाले रुमाल’ गाउनुभएको हो । गीतको शब्द नारायण काँइलोले लेख्नुभएको हो । गीतको भिडियोमा भने इन्जमान अलि खान र श्रेया सिटौलाको अभिनय छ । विधान कार्कीको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले छायाँकन तथा विकास दाहालले सम्पादन गर्नुभएको हो । भिडियो द डिभाइन म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पाल्पाको तानसेन नगरपालिका –१४ अर्गलीका अलिफ विगत १० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । तर, उहाँको चर्चा पछिल्लो समय अत्याधिक छ । ईरानीमहलसँगको कुराकानीमा अलिफले भन्नुभयो, ‘एकदमै खुःसी छु । गीत हेर्नुभएका/सुन्नुभएका सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ ।’ आफ्नो आवाजमा साढे दुई वर्षको अन्तरमा नयाँ गीत सार्वजनिक भएको अलिफले बताउनुभयो । ‘मेरो संगीतमा त गीतहरु आईरहेका थिए । मेरो स्वरमा चाँही झण्डै साढे दुई वर्षपछि यो गीत आएको हो’ अलिफले भन्नुभयो । अलिफलाई अहिले थुपै्र गीतकार तथा संगीतकारबाट गायनका लागि अफर आईरहेको छ । अर्जन पोखरेलकै संगीतमा अलिफको अर्को गीत पनि केही दिनमा सार्वजनिक हुने तयारी छ । आउँदा दिनमा स्रोता तथा दर्शकको मन जित्ने गीतहरु गाउँदै जाने अलिफले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update