Erani Mahal
नेपाली काङ्ग्रेसले संसद विघटन विरुद्ध पाल्पा सहित देशभर प्रर्दशन
DSC_1376 copy
पाल्पा- नेपाली काङ्ग्रेसले संसद विघटन विरुद्ध पाल्पा सहित देशभर प्रर्दशन गरेको छ । ७७ वटै जिल्लामा विरोध कार्यक्रम गर्ने कार्यक्रम अनुसार पाल्पाको तानसेनमा समेत विरोध सभा गरेको छ । तानसेनको टुडिखेलबाटसुरु भएको र्याली विपी चोकमा गएर सभामा परिणत भएको थियो सभालाई काँग्रेसका केन्द्रीय सदस्य वद्री पाण्डेयले संबोधन गर्नुभयो । उहाँले ओलीको असंवैधानिक कामका कारण संविधान र लोकतन्त्रनै खतरामा रहेकाले त्यसको सबै नेपालीले विरोध गर्नुपर्ने बताउनुभयो । यस्तै केन्द्रिय सदस्य हरी प्रसाद नेपालले काङ्ग्रेसको कारणले नभै कम्युनिस्टकै कारण सडकमा आउनुपरेको बताउनुभयो । उहाँले तानासाही भएर केपीले देशलाई वर्वादीतर्फ धकेलेको बताउनुभयो । यस्तै प्रदेश सभासद वीरबहादुर रानाले कम्यूनिष्ट पार्टीका कारण देश भड्खालोमा गएको भन्दै असंवैधानिक कदम सच्चाएर काँग्रेसले चुनावमा दुईतिहाइ मत ल्याएर देशको रक्षा गर्ने बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update