Erani Mahal
प्रणय दिवशमा रानीमहलमा प्रेमजोडीहरु व्यस्त !
Ranimahal
पाल्पा— प्रेमको प्रतिकको रुपमा रहेको पाल्पाको रानीमहलमा प्रणय दिवशको अवसरमा सयौं प्रेमजोडीहरु पुगेका छन् । तत्कालिन राजा खड्गशम्शेरले आफ्नी पत्नि तेजकुमारीको सम्झनामा निर्माण गरिएको रानीमहलमा हरेक वर्ष हजारौं प्रेमजोडीहरु प्रेम साटासाट गर्न पुग्ने गर्दछन् । आज भ्यालेन्टाइन तथा प्रेम दिवशको दिनमा अन्य दिनहरुको तुलनामा प्रेमजोडीहरुको संख्या बढी रहेको स्थानीय होटल व्यवसायी बसन्त कुँवरले बताउनुभयो । उहाँका अनुसार प्रायः रानीमहलमा प्रेमको प्रतिकका रुपमा प्रेमजोडीहरु आउने र आफ्नो माया प्रेम र सँगै बाँच्ने, सँगै जीउने कसम खाने गर्दछन्, उनीहरुले त्यसका लागि एकान्त उत्तरवाहिनी गंगा कालीनदीको किनारामा रहेको रानीमहलसम्म पुग्ने गर्दछन् । रानीमहललमा आज मात्रै दुई सय बढी प्रेम जोडीहरुको आवागमन रहेको छ । उनीहरु घुम्न, पिकनिक खान र मनोरञ्जनका लागि यहाँ आउने गर्दछन् । रानीमहलमा आन्तरिक पर्यटनको आवागमनसँगै यस क्षेत्रमा चहल पहल समेत हुने गरेको छ । रानीमहलमा प्रेम दिवशको दिनमा पाल्पा सहित गुल्मी, स्याङ्जा, रुपन्देही, नवलपरासी, अर्घाखाँची लगायत देशतथा भारतका विभिन्न स्थानबाट समेत पर्यटकहरु प्रेम दिवश मनाउन आउने गर्दछन् ।
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update