Erani Mahal
चौथो युथ युनियन कपको उपाधि स्याङ्जाको  वालिङलाई
ra (3)
पाल्पा-मटेरी युथ युनियन क्लबको आयोजनामा पाल्पाको रामपुरमा भएको चौथो युथ युनियन कपको उपाधि वालिङले हात पारेको छ । इलाभेन ए साइड खुल्ला पुरुष फुटवल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा रामपुर युनाइटेड र वालिङ एफसी भिडेका थिए । फाइनल र सेमिफाइनलको खेल निकै प्रतिस्पर्धाको थियो । खेल अबधिमा कुनै टिमले पनि गोल हान्न नसकेपछि थपिएको निर्धारित १० मिनेटको समयमा समेत गोल नभएपछि पेनाल्टीबाट वालिङ टिम विजेता भएको हो। पेनाल्टीमा रामपुर युनाइटेड संग ४-३ को अन्तरले वालिङले युथ युनियन कप २०७७ हात पार्न सफल भएको हो । विजेता वालिङले १ लाख साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता रामपुर युनाइटेडले ५० हजारमा चित्त बुझायो । गत माघ २६ गतेदेखि चलेको फुटवल प्रतियोगितामा पाल्पा, स्याङ्गजा र तनहुँका गरी १२ टिमले भाग लिएको थियो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुहुर्दै स्थानीय खेलले नै राष्ट्रिय खेलको गरिमा बढ्ने बताउनुभयो । उहाँले खेलकुद र खेलाडीको विकासका लागि नगरपालिकाले निरन्तर साथ दिने बताउनुभयो । सोही अबसरमा भएको रामपुर नगरपालिकाका माविस्तरिय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भुपु सैनिक बोर्डिङ्ग स्कुल, सीताराम मावि द्घितिय र रामतुलसी मावि तृतिय भएका छन् । जसले प्रथम पुरस्कार नगद दश हजार, द्वितीय पुरस्कार पाँच हजार, तृतीय पुरस्कार दुई हजार पाँच प्राप्त गरेको क्लबका अध्यक्ष राम बहादुर रानाले जानकारी दिनुभयो । क्लबका अध्यक्ष रानाको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिजेता, उपबिजेता तथा विभिन्न बिधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार तथा पाहुना, पूर्व खेलाडी, सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम सचिव दिपेन्द्रप्रसाद भट्टराईको संचालनमा भएको हो ।
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update