Erani Mahal
गुल्मीमा राष्ट्रिय परिचय पत्रका लागि १ लाख २५ हजार विवरण संकलन
national_card
गुल्मीः गुल्मीमा गुल्मीमा राष्ट्रिय परिचय पत्रका लागि १ लाख २५ हजार विवरण संकलन भएकाे छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार एक लाख २४ हजार ५८५ जनाले राष्ट्रिय परिचयपत्रका लागि बिवरण दर्ता गराएका छन् । जिल्लाका १२ वटा स्थानीय तहहरु मध्ये धुर्कोट गाउँपालिकाकमा १० हजार ५८०,मदानेमा नौ हजार ७८० ,गुल्मीदरबारमा ११ हजार ९०५ र छत्रकोटमा १० हजार ८३९, इश्मामा नौ हजार ३५८ , कालीगण्डकीमा नौ हजार ३१ , रुरुक्षेत्रमा नौ हजार ५९९ ,चन्द्रकोटमा नौ हजार ४५० ,सत्यवतीमा १० हजार ६६४ , मालिकामा १० हजार २४० , मुसिकोट नगरपालिकामा १४ हजार ६७८जनाको बिवरण दर्ता कार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धब पन्थीले जानकारी दिनुभयाे । अहिले रेसुङगा नगरपालिकाका १४ बटै वडाहरुमा बिवरण दर्ताको काम भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । राष्ट्रिय परिचय पत्रले नागरिकका सेवा ,सुबिधा सङगै परिचय र अपराध नियन्त्रण गर्नका लागि पनि महत्वपुर्ण मानिन्छ । यस अघि नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माघ ११ गते जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचयपत्र लिनुभएकाे छ । ज्ञवालीले २०७६ साल साउन ३२ गते जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्थायी स्टेशनको एक कार्यक्रमका बिच उद्धाटन गरी विवरण दर्ता गराउनुभएकाे थियाे ।
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update