Erani Mahal
गुल्मी दरबार गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाइ सिरक प्रदान
d
तिलाचन पाण्डे गुल्मी- गुल्मीदरबार गाउँपालिकाले ८७ बर्ष उमेर कटेका एक सय जना जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप फाइबर सिरक प्रदान गरेको छ । गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई टोटटोलमा गई उनीहरुका इच्छा र बर्तमान समयमा भएका समस्याहरुको बारेमा अन्र्तक्रिया गर्दै फाइबर सिरकले सम्मान गरिएको गुल्मीदबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयाे । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अन्र्तगत एकलाख रुपियाँ बजेटबाट जेष्ठ नागरिकहरुलाई फाइबर सिरकले सम्मान संगै उनका समस्या र इच्छाहरुको बारेमा पनि अन्र्तक्रिया गरिएको पाण्डेले बताउनुभयाे । जेष्ठ नागरिकहरु संगै गाउँपालिका सधै साथमा रहेको भन्दै उनीहरुका समस्या र इच्छाहरुलाई पुरा गर्नका लागि गाउँपालिका सधै तत्पर रहेको गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले बताउनुभयाे । गाउँपालिकाले ८४ बर्ष उमेर कटेका जेष्ठ नागरिकहरुलाई घरमै गएर स्वास्थ्य परीक्षण र ७० बर्ष उमेर कटेकालाई निशुल्क औषधीको ब्यबस्थापन गर्दै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका टोलमै आई आँफूहरुका इच्छा र समस्याहरु सुनिदिएकोमा जेष्ठ नागरिकहरुले खुसी ब्याक्त गरेका छन् । उनीहरुलाई आँफूहरुसंग स्थानीय सरकार भएको अनुभूति भएको बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update