Erani Mahal
निस्दीको सहलकोटमा कृषि पकेट क्षेत्रको लागि सामग्री वितरण
r
पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-२,सहलकोट,पाल्पामा कृषि पकेट क्षेत्रको लागि कृषि सामाग्री वितरण गरिएको छ । गाउँपालिकाको १ लाख ५० हजार र स्थानीय उपभोक्ताको ५० हजार गरि कुल २ लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको कृषि प्रविधिक उमेश पौड्यालले जानकारी दिनु भएको छ । कृषि पकेट समितिका लक्षित ४२ घर घुरीलाई सरल थोपा सिचाई पाइप र म्याचिङ्ग प्लास्टिक उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । कृषि सामाग्री वितरण कार्यक्रम समितिका अध्यक्ष याम बहादुर मश्राङ्गीको अध्यक्षतामा र वडाध्यक्ष पूर्ण बहादुर बाकाबलको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रम बोल्दै बाकाबलले उपलब्ध भएका सामाग्रीलाई सदुपयोग गर्न सुझाव दिनुभएको छ । कार्यक्रममा समाजसेवी देबीलाल लामीछाने,वडा सदस्यद्वय गगन दर्लामी,चमेली बिक र कृषि प्रविधिक उमेश पौड्याल लगायतकाले आ-आफ्नो धारणा राख्नुभएको थियो । समितिका कोषाध्यक्ष भावीसरा मश्राङ्गीको स्वागतमा शुरु भएको कार्यक्रमको सन्चालन सचिब गणेश दर्लामीले गर्नुभएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update