Erani Mahal
पाल्पाको रैनादेवी छहरामा फर्निचर  उद्याेगमा आगोलागी !
fire
पाल्पा- पाल्पाको रैनादेवी छहरामा फर्निचरमा आगोलागी हुँदा ९ लाख बढीको क्षति भएको छ । रैनादेवी छहरा गा.पा.-४ छहरा स्थितमा युबराज रजालीको १ तले जस्ता पाताको छानो भएको कच्चि फर्निचर उद्योगमा अचानक आगोलागी भएको हो । आगोलागी भएको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मुझुङ, पाल्पाबाट प्र.ना.नि. को कमाण्डमा टोली खटिई गई स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिइएके प्रहरीले जनाएको छ । आगोलागीवाट फर्निचर भित्र रहेका मेसिन, काठ, तयार भएका फर्निचर तथा प्लाईउड लगायतका सामान जली पुर्णरुपमा नष्ट हुँदा अन्दानजी नौ लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । आगोलागीमा कुनै पनि मानबिय तथा चौपाया क्षेती नभएको र बिद्युत सर्ट भई आगोलागी हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएके छ । घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरी सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update