Erani Mahal
जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
balatkar-gareko
पाल्पा – जबर्जस्ती करणी गरेको अभियोगमा जिल्लाको रिब्दीकोट गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । रिब्दीकोट बस्ने दिपक नेपाली स्थानीय १७ वर्षकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन् । गएको शुक्रबार राति ११ बजेको समयमा १७ वर्षकी किशोरीलाई ती युवकले जबर्जस्ती करणी गरेको आइतबार निवेदन प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैंयाले जानकारी दिनुभयो । प्रहरीले थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update