Erani Mahal
अखिल नेपाल महिला संघकाे प्रतिनिधि सभा विघटनको विरुद्धमा ज्ञापन पत्र
146414935_2847116345532167_4560254451230764335_n
पाल्पा- जिल्लाबाट प्रधानमन्त्री ओलीको असंवैधानिक कदम र प्रतिनिधि सभा विघटनको विरुद्धमा ज्ञापन पत्र बुझाइएको छ । अखिल नेपाल महिला संघ केन्द्रीय समितिको आव्हानमा देशभरीका जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएका हुन् । पाल्पामा केन्द्रीय सदस्य राजेन्द्र लक्ष्मी गैरेको नेतृत्वमा जिल्ला अध्यक्ष प्रतिक्षा सिंजाली सहितको टोलीले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा असंवैधानिक कदम सच्चाउन र सरकारको दमन अन्त्य गर्न माग गरिएको छ । नेपाली क्रान्तिमा महिलाको बलिदानी पूणर् इतिहास रहेको भन्दै ओलीले प्रतिगामी कदम नसच्चाए जस्तोसुकै आन्दोलन गर्न समेत पछि नपर्ने उल्लेख गरिएको छ । पत्रलाई सम्बन्धित स्थानमा पुर्याउने पाल्पामा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो । प्रतिनिधि सभा विघटन सँगै देशभर दैनिक जसो विरोधका कार्यक्रम हुने गरेको छ ।
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update