Erani Mahal
पाल्पाली गायक अलिफ एकाएक चर्चामा, दुईवटा गीत सार्वजनिक हुँदै
alif-and-arjun
पाल्पा - पाल्पाको तानसेन नगरपालिका –१४ अर्गलीका गायक अलिफ खान पछिल्लो समय चर्चामा हुनुहुन्छ । सांगीतिक क्षेत्रमा १० वर्ष बिताउनुभएका अलिफ अहिले बल्ल चर्चामा आउनुभएको हो । केही युट्युब च्यानलमा अन्तवार्ता दिएपछि उहाँको चर्चा सुरु भएको हो । गायन र संगीतमा राम्रो दख्खल राख्ने उहाँको प्रतिभाको धेरैले प्रशंसा गरेका छन् । त्यहि प्रतिभाका कारण चर्चित संगीतकार अर्जुन पोखरेलले अलिफलाई दुईवटा गीतमा अनुबन्धित गर्नुभएको छ । अलिफलाई अन्य थुप्रै गीतकार तथा संगीतकारहरुले पनि गायनका लागि अफर गरिरहेका छन् । तर अलिफले अर्जुनका गीत सार्वजनिक नुहँदै अन्य गीत नगाउने बताउनुभयो । ईरानीमहलसँग कुरा गर्दै अलिफले एउटा गीत रेकर्ड भईसकेको र अर्को गीत आईतबार रेकर्ड हुने तयारीमा रहेको बताउनुभयो । अलिफले ईरानीमहलसँग भन्नुभयो, ‘राम्रो गीत गाउने अवसर पाएको छु । केही दिनमै सार्वजनिक हुनेछन् । त्यसपछि मात्र अन्य गीत गाउनेछु ।’ उहाँलाई आफूलाई माया गर्ने स्रोता दर्शकहरुका लागि केही दिन प्रतिक्षा गर्न आग्रह गर्नुभयो । संगीतकार अर्जुनले अलिफलाई भाइरल भएकै कारण भन्दापनि प्रतिभा भएकै कारण सहकार्य गरेको बताउनुभएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update