Erani Mahal
नेकपा अर्चलेको  ओली समूहको अगुवा कार्यकर्ता प्रशिक्षण
b
पाल्पा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निस्दी -६,अर्चलेको ओली निकटका अगुवा कार्यकर्ता प्रशिक्षण भेला भएको छ । भेलामा निस्दीका अध्यक्ष मुक्तबहादुर सारु लुम्बिनी प्रदेश सदस्य देवीलाल लामीछानेले जनताको भावनालाई नेतृत्व तहले मुल्यांकन गर्न नसकेको कारण वर्तमान स्थितिको सिर्जना भएको बताउनुभयो । कार्यक्रम निस्दी संगठन कमिटी अध्यक्ष हेम बहादुर खाम्चा, सदस्य एम बहादुर सार्की लगायतकाले आ-आफ्ना धारणा राख्नुभएको थियो । वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारीले कार्यक्रम सहभागी सम्पूर्ण अगुवा कार्यकर्तालाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र आवश्यकता बारे बोल्नुभएको थियो । वडा कमिटी अध्यक्ष तोल बहादुर राईको अध्यक्षतामा चलेको कार्यक्रमको सन्चालन संगठन सदस्य महेन्द्र बयम्बुले गर्नुभएको हो । यसैबीच उक्त भेलाले कृष्ण बहादुर सुनारी संयोजक,प्रकाश राना सहसंयोजक रहेको राष्ट्रिय युवा संघ, लिमी सरा राना संयोजक, मिम्श्री बयम्बु, सहसंयोजक रहेको अखिल नेपाल महिला संघ र खेम बहादुर बिक संयोजक र एम बहादुर सार्की सहसंयोजक रहेको दलित मुक्ति समाज वडा कमिटी समेत गठन गरेको छ ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update